विदेश जानेलाई जोन्सन एन्ड जोन्सन खोपको व्यवस्था



काठमाडौं, (नेस) ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिलाई कोभिड–१९ विरुद्ध एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप दिने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी विदेश जाने नागरिकका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो । मन्त्रालयले खोप लगाउन जाँदा साथमा राहदानी र प्रवेशाज्ञा अर्थात् भिसा अनिवार्य लिएर जानुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्