कांग्रेसको बाँकी जिल्ला अधिवेशन पुस २७ मा



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी सबै जिल्लामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेको हो । निर्वाचन समितिका सचिव केशव रिजालले अधिवेशन गर्न बाँकी सबै जिल्लामा पुस २७ गते अधिवेशन गरी जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय भएको बताउनुभएको छ ।

महाधिवेशन सम्पन्न गरी नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरिसकेको कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ जिल्लाको अधिवेशन स्थगित भएको थियो ।

सामान्यतया केन्द्रीय महाधिवेशन अघि तल्लो तहको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने भए पनि पार्टीभित्रको अनेकौं विवादका कारण १६ जिल्लाका साथै प्रदेश नम्बर २ को अधिवेशन पनि रोकिएको थियो । केन्द्रीय कार्यसमितिको मतपरिणाम आएपछि केही दिनअघि मात्र प्रदेश २ को अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्