नेपाल श्रीलंकासँग पराजित



काठमाडौं ।

नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिम जारी यु–१९ एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा बंगलादेससँग पराजित भएको नेपाल श्रीलंकासँग ६० रनले हारेको हो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सपना चकनाचुर पनि भएको छ ।

आइतबार शारजहाँमा भएको खेलमा श्रीलंकाले ३ सय २३ रनको विशाल लक्ष्य दिएको थियो । जसमा चामिन्डु विक्रमासिंगे र सदिश राजपक्षले शतकीय इनिङ खेलेपछि नेपालको लागि लक्ष्य कठिन बनेको थियो । विक्रमासिंगेले १ सय ११ रन र सदिशा राजपक्षले १ सय ३१ रन बनाएका थिए । नेपालको तर्फबाट मोहम्मद आदिल आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १/१ विकेट लिएका थिए ।

जवाफमा नेपालले सबै विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । नेपालको लागि ओपनर सन्तोष कार्की र कप्तान देव खनालले राम्रो शुरुआत गरेका थिए । उनीहरूले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरे । सन्तोष ३४ रन बनाएर आउट भइन्, यसपछि देव पनि २८ रन बनाएर आउट भए । यसपछि, अर्जुन साउदले राम्रो ब्याटिङ गर्दै ६४ रनको शानदार ब्याटिङ गरे । तर, उनी क्रिजमा धेरै बेर नटिक्नु पनि नेपालको हार भएको थियो । यस्तै, विवेकले ४६ रन र बसिर अहमदले ४३ रन बनाएका थिए । नेपालले अब समूह ‘बी’मा कुवेतसँग सान्त्वना जितको लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्