विरोध गर्नेहरुले एमसीसीबारे अध्ययन नै गरेका छैनन् : प्रधनामन्त्री देउवा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधनामन्त्री शेरबहादुर देउवाले एमसीसीको बिरोध गर्नेहरुले एमसीसीबारे अध्ययन नगरेको बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन ।

‘प्रजातन्त्रको लागि, देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता गरौला र ? म पनि देशभक्त नेपाली हो नि । एमसीसी सहमतिमै आएको छ । राष्ट्रघाती भन्नुभन्दा पहिले बुझ्नुस् के,’ देउवाले भने ।

यसका साथै माओवादीको महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्ष हुने जस्तो देखिएको भन्दै देउवाले शुभकामना समेत दिएका थिए ।