माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन LIVE


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा शुरु भएको छ । काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरु भएको महाधिवशेनको उद्घाटन सत्र भर्खरै शुरु भएको हो ।

कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत नेताहरु पुगेका छन् । आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।