जनगणनामा रौनियार जात सूचीकृत गरिदिन माग 


न्युज अफ नेपाल, काठमाडौं ।

  केन्द्रीय तथ्याङ्क विभागले यो वर्ष सम्पन्न गरेको १२ औँ राष्ट्रिय जनगणनामा रौनियार जातीको नाम सूचीकृत गराउने माग राख्दै  नेपाल रौनियार महासंघले केन्द्रीय आज तथ्यांक विभागको ध्यानाकर्षण गराएको छ ।

 महासंघका केन्द्रीय महासचिव श्रवण कुमार रौनियारको नेतृत्वको टोलीले आइतबार विभागका महानिर्देशक नेबिल कुमार श्रेष्ठ समक्ष रौनियार सूचीकृत सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको हो । महासचिव श्रवण  रौनियारले परापूर्वकालदेखिनै देशभरि करिब तीन लाखको हाराहारीमा बसोबास रहेको रौनियार जातीको राष्ट्रिय जनगणनामा कहिल्यै सूचिकृत नगरेको अवगत गराउँदै यस पटक सूचीकृत गर्न जोडदार माग गरेका छन् ।

 उहाँले यस पटक घरघरमा जनगणना गर्न आउने गणकहरूले एक जातिलाई अन्य जातिमा समावेश गर्ने भएकोले पनि अन्योल उत्पन्न गरिदिएको बताउनुभयो । ‘देशभरि लेख्य संख्यामा रौनियार जातको परापूर्वकालदेखिनै बसोबास छ, जनगणनामा यो जातको जनगणना हुनुपर्छ–भन्नुभयो ।

सबै आ–आफ्नो व्यवसाय वा अन्य माध्यमले देशको राजश्वमा योगदान दिँदै आएका छन्,’ महासचिव श्रवणले भन्नुभयो  ‘११ औँ राष्ट्रिय जनगणनालाई नै आधार मान्ने हो रौनियार जातिको नेपालमा ११० वर्ष लामो इतिहास छ । देशमा यति बाक्लो उपस्थित रहेको रौनियार जाती,जातीको सुचीमा उल्लेख नहुनुले हामी हाम्रो पहिचान तथा अवसर दुबैबाट वञ्चित पारिएका छौँ ।’ हा भन्नुहुन्छ–‘संविधानले समेत रौनियार जातीलाई पिछडा वर्गमा उल्लेख गरेको छ ।

ज्ञापनपत्र बुझ्दै महानिर्देशक नेविललाल श्रेष्ठले संविधानले नै सबै जातजातिको पहिचानको नैसर्गिक अधिकार सुनिश्चित गरेको बताउँदै यस पटकको जनगणनामा प्राप्त तथ्यांक अनुसार कुनै पनि जनजातीलाई सूचीकृत हुनबाट वञ्चित नपारिने दाबी गर्नुभयो । ‘विभागलाई प्राप्त तथ्या्ंकहरु अहिले संकलन हुँदैन छ,’महानिर्देशक श्रेष्ठले भन्नुभयो – ‘गणनाका समयमा कतिपय जातजातिहरू आफ्नो जातलाई नै थर भित्र नै उल्लेख गरिदिने पाइएको छ ।

 यसले अलि समस्या हुन्छ । अब यस पटक थुप्रै जातजातिहरू सचेत र सकृयता जनाएर जातजाति सूचीकृत गरिदिन माग राख्नु भएको छ । तथ्याङ्क इन्ट्री गर्दा जनगणना फारममा उल्लेख भएको जातजातिलाई विभागले कोडिङ गर्ने समयमा प्राप्त तथ्याङ्क अनुसार जात जातिहरूको कोडिङ अनिवार्य गरिने छ ।’ उहाँले नले विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म एक सय २७ जातजाति मात्र उल्लेख रहेको देखिएको भए पनि यस पटक बढ्ने देखिएको जानकारी दिनुभयो ।