उज्वेकिस्तानविरुद्ध नेपालको प्रभावशाली जित

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष भलिबल टोलीले उज्जेवकिस्तानमाथि प्रभावशाली जित निकालेको छ । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा उज्वेकिस्तानविरुद्ध टोलीले ३-१ को जित हात पारेको हो ।

सुरुआती पहिलो सेट १८-२५ ले गुमाएपनि नेपाली टोलीले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५-२१ ले सेट आफ्नो पक्षमा पार्यो । उज्वेकिस्तानमाथी हाबी बनेको टोलीले त्यसपछि लगातार तेस्रो सेट २५-२१ र चौथो सेट २५-२३ ले प्रतियोगितामा पहिलो जितको सुरुआत गर्यो ।

प्रतियोगितामा बिहीबार आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग निकै फितलो प्रदर्शन गरेको नेपाल सोझो सेटमा पराजित भएको थियो । नेपालले शनिबार तेस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ ।