फरार प्रतिवादी एक वर्षपछि पक्राउ



मुगु, (नेस) ।

मुगु प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा जिल्लाको छायाँनाथ रारा नगरपालिका–५ का २२ वर्षीय शक्तिसिंह कामीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार नियन्त्रणमा लिएपछि कामीलाई जिल्ला अदालत मुगुमा बुझाइएको छ । गत वर्षको मंसिरमा जबरजस्ती करणी मुद्दा दर्ता भएसँगै उनी फरार थिए ।

प्रतिक्रिया दिनुहोस्