शिक्षा ऐन छिट्टै ल्याउने तयारीमा मन्त्री



काठमाडौं, (नेस)

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षासँग सम्बधित ऐनहरू ल्याउने तयारी भइरहेको बताउनुभएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै मन्त्री पौडेलले संघीय शिक्षा ऐन, प्राविधिक व्यवसाय शिक्षा ऐन र उच्च शिक्षा ऐन निर्माणको काम अन्तिम चरणमा रहेको फास्ट ट्रयाकबाट भए पनि ऐन ल्याउने विषयमा छलफल भइरहेको बताउनुभयो ।

बैठकमा सभापति जयपुरी घर्तीले ऐन नहुँदा थुपै्र समस्या आएको बताउँदै सो विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै, प्रारम्भिक बाल विकास कक्षामा अध्यापन गराउने शिक्षक, शिक्षिकाहरूलाई सरकारले तोकेबमोजिम न्यूनतम १५ हजार तलब सुविधा उपलब्ध गराउन पनि मन्त्री पौडेललाई बैठकले निर्देशन दिएको छ ।

मन्त्री पौडेलले कोरोना महामारीको समयमा चीनबाट फर्केका चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको व्यवस्थापन र उनीहरूको पढाइ पूरा गर्ने व्यवस्था मिलाउने काम पनि भइरहेको, देशभरका विद्यालयमा साढे १७ हजार शिक्षक दरबन्दी अपुग रहेको र त्यसको पदपूर्तिका लागि शिक्षक विज्ञापनको काम अघि बढेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्