क्लाउड कम्पुटिङ्गमा लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमीबीच सहकार्य


काठमाडौं  । 

रोजगारीको सम्भावना रहेको क्षेत्र क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्ति उत्पादन गर्नकोलागी लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमसँग सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् ।

क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा छ । सन् २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ । उधोग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठुलो माग छ ।

यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जादाँ अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुदै गइरहेका छन् ।