माओवादी प्रदेश कमिटीमा नेम्वाङ विजयी


विराटनगर ।

नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) १६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धि मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष पदमा सात मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा देवान चाम्लिङ,, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी हुनुभएको छ । उहाँहरु क्रमशः १२०, ११३ र १११ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सचिवमा गणेश उप्रेती १४८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी ९सिपी कडरियाले ८३ मत प्राप्त गनुभयो । तीन जना सहसचिव पदमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुङ्गाना ९५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने कोषाध्यक्षमा रेवतराज पुरी९गगन०ले ९३ मत प्राप्त गरी विजयी हासिल गर्नुभयो । उहाँका निकटतम प्रतिस्पधि बन्दना झाँगडले ५७ मत प्राप्त गर्नुभएको थियो ।

नौ पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । गत मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।