एभीसी भलिबल : महिला टोलीको पुनरागमन जित


काठमाडौं ।

सुरुवाती दुई सेटमा पछि परेको नेपाली महिला भलिबल टोलीले पुनरागमन गर्दै एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा श्रीलंकालाई पराजित गर्दै सुखद् सुरुवात गरेको छ ।

बिहीबार ढाकामा सम्मन्न पहिलो खेलमा साविक विजेता नेपालले श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै सुरुवाती अंक खोसेको हो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालले सुरुवाती दुई सेट १९-२५ र २१-२५ ले गुमाएको थियो ।

सुरुवाती दुई सेटमा पछि परेपछि उत्कृष्ट प्रदर्शन गरेको नेपालले लगातार तीन सेट आफ्नो नियन्त्रणमा राख्यो । तेस्रो सेट नेपालले २५-१५, चौथो सेट २५-१९ र पाँचौ तथा निर्णायक सेट १५-१३ ले जित्यो । प्रतियोगिताको महिलातर्फ नेपालसहित आयोजक बंगलोदश, उज्वेकिस्तान, कीर्गिस्तान र श्रीलंका छन् । राउन्ड रोबिन पद्धतिमा हुने खेलमा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।