नेपाली कांग्रेस केन्द्रीय समिति बैठक १० पुसमा बस्ने


काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरिएको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी भएको हो । आगामी महिना १० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेस काे १४औँ महाधिवेशनमा विभिन्न कलस्टरका लागि भएको निर्वाचनको मतगणना आज बिहीबार सक्ने तयारी रहेकाे छ । ‘१४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम आज आउनेछ,’ मुख्यसचिव पौडेलले भने, ‘यसपछि १० पुसमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको हो ।