रञ्जु दर्शनाद्धारा विवेकशील साझा पार्टी परित्याग


न्युज अफ नेपाल, काठमाडौं ।

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेकी छन् । उनले आज बिहीबार एक विज्ञप्तिमार्फत अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।

‘म आफूले लिएको सम्पुर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टी सँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, रन्जुले भनेकी छन् ।