सवारी ज्यान मुद्दाका फरार ६ वर्षपछि पक्राउ



लमजुङ ।

लमजुङ प्रहरीले सवारी ज्यान मुद्दामा १ वर्ष १० महिना कैद सजाय भई फरार रहेका एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बेसीशहर नगरपालिका १ उदिपुरका ३८ वर्षीय रुकेश विश्वकर्मालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटीएको विशेष टोलीले बेसीशहर नगरपालिका ८ बाट उनलाई बुधबार पक्राउ गरेको हो । विश्वकर्माले चलाएको बसले ०७३ साल असार १९ गते चितवन जिल्लाको कुरिनटारमा पैदल यात्रिलाई ठक्कर दिँदा मृत्यु भएको थियो ।

चालक विश्वकर्मालाई ०७५ साल माघ ८ गते उक्त कैद सजाय हुने गरी चितवन जिल्ला अदालतबाट मुद्दा फैसला भएकोमा उनि फरार रहेका थिए । पक्राउ परेका विश्वकर्मालाई बुधबार जिल्ला अदालत लमजुङमा पेश गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्