कामदारको लागि कतार सरकारको यस्तो छ व्यवस्था



काठमाडौं ।

कतारले आफ्नो देशमा काम गर्नका लागि आउने कामदारको तलव सुविधा र घरेलु श्रमिकका लागि सरकारले दिनु पर्ने सबै खाले सुविधाको व्यवस्थामा सुधार गर्दै लगेको छ ।

न्युनतम ज्यालामा वृर्द्धि भए यता कतारमा तीन लाख भन्दा बढी आप्रवासी कामदारको ज्यालामा एक हजार रियाल भन्दा बढीले बढोत्तरी भयो । प्रतित महिना एक हजार भन्दा कम आम्दानी भएका श्रमिकको तलव १८ सय रियाल पुग्यो । खाना बस्नको राम्रो व्यवश्था भएमा कम्पनीले महिनावारी एक हजार तलव दिने नत्र १८ सय तलव दिनै पर्ने व्यवस्था लागू भयो । कतारको श्रम मन्त्रालयले निकालेको एक रिपोर्टका अनुसार, यो व्यवस्था लागू भएपछि एक हजार रियाल भन्दा कम तलव पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलव पाउँन थालेका थिए ।

कोरोना महामारीको समयमा कामदारहरूलाई काम तथा आम्दानीमा कमी नआओस भनेर कतार सरकारले अनलाइन मार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेव पोर्टल तयार पार्यो । जसमार्फत दुई लाख ४२ हजार ८७० जनाले कम्पनि परिवर्तन गरी काम सुचारू गरेका थिए । मन्त्रालयद्वारा जारी रिपोर्टमा भनिएअनुसार कामदारको सहुलियतको लागि कम्पनिले कन्ट्र्याक्ट समाप्त भएको सूचनादेखि नयाँ भर्तीसम्मका सबै सूचना अनलाइन मार्फत नै दिइएको थियो । अनलाइन फर्म भरेर कम्पनि परिवर्न गर्न चाहने ९९ हजार जनाको अनुरोध भने विविध कारणले अस्वीकृत भएको बताइएको छ ।

आगामी वर्ष २०२२ को नोभेम्बर डिसेम्बरमा फुटबल खेलको महामेला आयोजना गर्न लागेको कतारले अप्रिल २०१८ देखि नै आइएलओको अफिस राजधानी दोहामा राख्न दिएर सँगै काम गर्न थालेको हो । हुनत आइएलओको अफिस खुल्नुअघनि नै कतारले आप्रवासी कामदार सम्बन्धि नीति नियममा परिमार्जन गर्न थालिसकेको थियो । आइएलओसँगको सहकार्यपछि भने कतार सरकार आप्रवासी कामदारको हकमा गल्फ राज्य मध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ ।

कतार सरकारले घरेलु कामदारको हकमा गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्ट अनुसार कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ । उनीहरूको लागि मानक रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामुलक कार्यक्रमहरूको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको छ । घरेलु कामदारलाई अन्य कामदार झैँ व्यवहार गर्ने, सेवा सुविधा प्रदान गर्ने, आराम तथा बसोवासको व्यवस्था गर्ने लगायत उनीहरूलाई काम चित्त नबुझेको खण्डमा रोजगारदाता परिवर्तन गर्न सक्ने अधिकार कतार सरकारले दिएको छ ।

कतारी श्रम कानुनले तय गरेका अधिकार प्रयोग गरेर श्रम मन्त्रालयले गुनासो टिपाउनका लागि छुट्टै हटलाइनको व्यवस्था गरेको छ भने काम नै गर्न नसक्ने अवस्थामा रहेकाहरूका लागि सेल्टरको व्यवस्था पनि गरिएको बताइएको छ । कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा रहेको बताइन्छ । कतारमा मात्रै झण्डै चार लाख नेपाली घरेलु कामदार सहित विभिन्न क्षेत्रमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्