लायन्सको १०औं महाधिवेशन पोखरामा हुने



कास्की, (नेस) ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको दशौं महाधिवेशन पोखरामा हुने भएको छ । महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष डम्बरसिं गुरुङ संयोजक रहने गरी ९ सदस्यीय मूल आयोजक समिति गठन गरिसकेको छ ।

महाधिवेशन माघ २९ गते पोखरा नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने आयोजकले जनाएको छ । महाधिवेशन सफल पार्न विभिन्न ४९ वटा विभिन्न उपसमिति बनाइएको संयोजक गुरुङ बताउनुहुन्छ । देशभरबाट लायन्स सदस्यहरु पोखरा आउने हुँदा महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने उहाँको भनाइ छ । हाल नेपालमा कायम रहेका ४ वटा डिस्ट्रिक्टमा सन् २०२२ पछि १५ वटा डिस्ट्रिक्ट हुनेछन् । मल्टीपल डिस्ट्रिक्ट ३२५ नेपालमा ए वान, ए टु, बी वान र बी टु कायम रहेका थिए ।

दशौं महाधिवेशनबाट डिस्ट्रिक्ट ३२५ बी १ नेपालमा ५ वटा डिस्ट्रिक्ट हुनेछन् । जसमा डिस्ट्रिक्ट ३२५ आई, जे, के, एल र एम हुने महाधिवेशनका मूल आयोजक समितिका सदस्य–सचिव मधुसूदन कोइराला बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्