बिमस्टेक सबैभन्दा महत्वपूर्ण समूह : रक्षामन्त्री राजनाथ सिंह



भारत (एजेन्सी) ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले मंगलबार प्राकृतिक, मानव निर्मित प्रकोपसँग जुध्न बिमस्टेक राष्ट्रहरूबीच समन्वय सुधार आवश्यक रहेको बताउनुभएको छ । बिमस्टेक सदस्य राष्ट्रहरूका निम्ति पुणेस्थित सैन्य इन्जिनियरिङ विश्वविद्यालयमा आयोजित मानवीय सहायता तथा विपद् राहत अभ्यास प्यानेक्स २१ को उपकरण प्रदर्शनीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

‘प्राकृतिक प्रकोपबाट प्रत्यक्षरूपमा प्रभावित राष्ट्रको प्रयास, त्यस्ता प्रकोपहरूको ठूलो परिमाणको कारणले प्रस्ट रूपमा कमजोर हुन सक्छ । तसर्थ, बंगालको खाडी क्षेत्रका साझेदारहरूलाई समावेश गरी बहुपक्षीय प्रयास र उपाय व्यवस्थित गर्नु पर्छ’, रक्षामन्त्री सिंहले भननुभयो– ‘प्राकृतिक प्रकोपका कारण समस्यामा परेका जनतालाई राहत उपलब्ध गराउने प्रक्रियालाई तीव्रता दिनुपर्दछ ।’

विमस्टेक विद्यमान सभ्यताको बन्धनलाई सुदृढ गर्दै समान विचारधारा भएका राष्ट्रहरूबीच सहजीवी साझेदारी निर्माण गर्ने क्षमता भएको र देशहरूको सबैभन्दा महत्वपूर्ण समूह रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्