आजको मौसम : आंशिक बदली, केहि ठाउँमा हल्का हिमपात



न्युज अफ नेपाल, काठमाडौं ।

आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

रातीको समयमा भने देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्