कानुन व्यवसायीको धर्ना जारी



काठमाडौं, (नेस) ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध कानुन व्यवसायीले बुधबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । नेपाल बार एसोसिएसन दिवसका अवसरमा उनीहरूले सर्वोच्च अदालतदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा कानुन व्यवसायीले विवादित प्रधानन्यायाधीश जबराको राजीनामा मागेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला अदालत बार एसोसिएसनलगायतको सहभागितामा भएको प्रदर्शनपछि विचार गोष्ठी आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्