थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको संक्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्रले जानकारी दिनुभयो । यसअघि नेपालमा एक जनामा यो भेरियन्ट पुष्टि भएको थियो । गत २४ घण्टामा कूल सात हजार २३३ नमूनाको पीसीआर परीक्षण गर्दा २१७ जना सङ्क्रमित भएका पाइएको छ । चार हजार ४३ जनाको एन्टिजीन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्ला २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । चार हजार ९४८ होम आइसोलेसन र संस्थागत २३७ गरी पाँच हजार १८५ जना आइसोलेसनमा रहेका बताइएको छ ।