म्यानमारमा खानी दुर्घटनामा ७० वेपत्ता


एजेन्सी ।

उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने ७० जना हराइरहेका छन् । खानीमा फसेका दर्जनौं मजदुरको खोजी भइरहेको छ ।

कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजुदर छिरेपछि ठूलो पहिरो गएको थियो । खानीमा अधिकांश मजदुर गैरकानुनी रुपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् ।