अन्ठाउन्न फुटे पुलै चोरियो



न्युयोर्क, (एजेन्सी) ।

अमेरिकी राज्य ओहाइयोका प्रहरीले चोरिएको ५८ फुटे पुलको खोजी गरिरहेको अनौठो अनुभव सुनाएको छ । आक्रोन प्रहरी विभागका अनुसार मिडिलवरी रन पार्कको लिटिल क्युयाहागा नदीमाथि बटुवाहरूलाई नदी तर्न राखिएको सो पुल वेटल्यान्डु पुनरुत्थान परयोजनाअन्तर्गत हटाएर खुल्ला चउरमा राखिएको अवस्थामा चोरी भएको बताइएको छ । प्रहरीले चालिस हजार अमेरिकी डलर मूल्य पर्ने तथा नयाँ स्थानमा जडान गरिन लागेका सो पुल चोरिएको जनाएको छ ।

अनुन्धानकर्ताहरूले सो पुल टुक्रा टुक्रा गरी काटेर लगेको हुनुपर्ने विश्वास व्यक्त गरेका छन् । सो पुल पाइपहरूलाई नटबोल्ट लगाएर मात्र जोडिएकाले पनि टुक्राएर लान सजिलो हुने बताइएको छ । यसको पुनःप्रयोगको मूल्य कम हुने भएकाले यसलाई कतै पुनः प्रयोग गर्ने उद्देश्यले नै चोरिएको हुनुपर्ने प्रहरीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्