आजको मौसम : आंशिक बदली, उच्च हिमाली भू-भागमा हल्का हिमपातको संभावना



न्युज अफ नेपाल, काठमाडौं ।

आज (बुधबार) दिउँसोपख देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ । अन्य बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै रातीभने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ । बिहीबार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ भहाशाखाले जनाएको छ । प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्