आज (बुधवार) को राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारबाट लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
चलाखीपूर्ण बोलीले काम सपन्न हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा शृंगारमा धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । घुम्न पनि पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा पनि सचेत हुनुपर्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम सम्बन्ध प्रगाढ र सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् !

प्रतिक्रिया दिनुहोस्