प्रधानसेनापति शर्माद्वारा उपरथी न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नती भएका प्राविधिक सहायक रथी डा. अरुण कुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच मंगलबार न्यौपानेलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नती पश्चात उनी सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको रुपमा नियुक्त भएका हुन्।

 

उक्त अवसरमा, नेपाल सरकार, मन्त्रीपरिषद्को सोही निर्णय अनुसार मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागर बहादुर के.सी. लाई समेत प्रधान सेनापति शर्माले मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।