मिलन पाण्डेलाई सदस्यसमेत नरहने गरी साझाले गर्‍यो निष्कासन



न्युज अफ नेपाल, काठमाडौं ।

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।  मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएपछि विवेकशीलले मंसिर २८ मा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ ।’

पाण्डे पक्षले भने आजै दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्