आज (मंगलवार) को राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
चलाखीपूर्ण बोलीले काम बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज सामान हराउने वा चोरी हुने सम्भावना बढी छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजारले पनि साथ नदेला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
नयाँ कामको थालनी हुनेछ । काम गर्ने जोस जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघि बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दैनिक कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति समेत हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ला । कृषि कार्यमा पनि सफलता पाइनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् !
हाम्रो पात्रोबाट ।