त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोह सम्पन्न


न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोह प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न भएको छ । त्रिविमा अध्ययन अनुसन्धान गरी २०७७ असार १ देखि २०७८ जेठ ३२ सम्म ट्रान्सक्रिप्ट लिई ५९ औँ गे्रसलिष्टमा समावेश भएका २९ हजार ७ सय २९ मध्ये समारोहमा विद्यावारिधी र एम।फिलमा उर्तिण विद्यार्थीहरूलाई सहभागी गराइएको समारोहमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक प्रो।भी।रामगोपाल राव प्रमुख अतिथिको रूपमा उपस्थिति हुनुहुन्थ्यो ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक,जीवनोपयोगी र समाज विकासको रूपान्तरणमा सहयोगी हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, नवप्रवर्तनशिल र युग सुहाँउदो वैज्ञानिक र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन विश्वविद्यालयलाई आग्रह गर्नुभएको थियो ।

नेपालको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण योगदान पु¥याउदै आएको त्रिविले भविष्यमा शिक्षाको गुणस्तर थप अभिवृद्धि गरी संस्थागत सुदृढीकरण गर्न समेत सुझाव दिनुभएको थियोदीक्षान्त समारोहका प्रमुख अतिथि इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका निर्देशक प्रो.भी.रामगोपाल रावले ४७ औँ दीक्षान्त समारोहबाट दीक्षित विद्यार्थीहरूमा सफलताको कामना गर्नुहुँदै देशको रूपान्तरण र आफूले अध्ययन गरेको संस्थाको गरिमा बढाउन आग्रह गर्नुभयो । निरन्तरता र कठिन परिश्रम वाट नै विश्वमा अकल्पनीय मानिएका उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै उहाँले जागिर गर्ने नभई अवसरहरू उत्पादन गर्ने जनशक्तिको रूपमा आफूहरू अघि बढ्न उत्प्रेरित गर्नुभएको थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले देशको आर्थिक तथा सामाजिक विकासमा उच्च शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपालको उच्चशिक्षाको प्रमुख मियोको रूपमा त्रिविले आर्थिक÷सामाजिक रूपान्तरणमा प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।

अनुसन्धानका कार्यहरूलाई आर्थिक÷सामाजिक विकाससँग जोडेर लैजानुपर्ने र विज्ञान तथा प्रविधिको विषयलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारको जनशक्ति उत्पादन गरी बेरोजगारी र गरिबी कम गर्ने तर्फ त्रिविको ध्यानाकर्षण समेत गर्नुभयो । आफू स्वयं पनि त्रिविको विद्यार्थी भएको भन्दै सहकुलपति पौडेलले पछिल्लो समयमा विश्वविद्यालयले भोगिरहेको समस्याहरू प्रति आफू जानकार रहेको र उक्त समस्या समाधानको लागी सकारात्मक प्रयत्न गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा धर्मकान्त बास्कोटाले ४७ औँ दीक्षान्त समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै ६२ वर्षको गौरवपूर्ण इतिहासमा नेपालको सुगम तथा दुर्गम स्थानमा रहेका आम जनता सामु उच्च शिक्षाको ज्योति फैलाई नेपाली नागरिकहरूलाई शिक्षा दिन र राज्य सञ्चालनमा सहभागी भएका वर्तमान प्रधानमन्त्री देखि, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरू, सत्तापक्ष र प्रतिपक्ष दलका राजनेताहरु, न्यायमूर्तीहरु, संवैधानिक निकायका प्रमुखहरू, विधायकहरू, राष्ट्रसेवकहरू, योजनाकारहरू, विश्वविद्यालयका उपकुलपतिहरू, शिक्षाविद्, प्राविधिकहरू, सुरक्षाकर्मीहरू, कलाकार,सञ्चारकर्मी लगायत समाजका विविध विधामा सेवारत तथा कार्यरत सक्षम नागरिक पैदा गर्न सफल भएको बताउनुभएको थियो ।