अपडेट : २०६५ मत गनिसक्दा डिला संग्रौलाकाे अग्रता कायमै,पुप्पा भुषाल पछ्याउँदै


न्युज अफ नेपाल,  काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतगणना अन्तर्गत सोमबार खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ।

नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता लिएकी छिन् । हालसम्म २०६५ मतपत्र गणना हुँदा उनले संग्रौलाले १२६८मत प्राप्त गरेकी छन् ।

उनलाई पछ्याउदै पुप्पा भुषालले ११९६ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा डा.आरजु देउवाले १११६मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, क्रमशः ईश्वरी न्यौपानेले ९८५, सरिता प्रसाईले ९४९ , अनिता देवकोटाले ७७४, अम्बिका बसनेतले ९९८, रमा कोइरालाले ८१३ र शुसिला ढकालले ७९४ मत प्राप्त गरेका छन् । ९ जना महिला खुल्ला केन्द्रीय सदस्य निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ ।