अपडेट: कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडि


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतगणना अन्तर्गत सोमबार खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ।

नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता लिएकी छिन् । हालसम्म १३६४ मतपत्र गणना हुँदा उनले संग्रौलाले ८२५ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउदै पुप्पा भुषालले ८०२ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा डा.आरजु देउवाले ७२८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईंको ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत छ।