सडक निर्माणका क्रममा पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता


न्युज अफ नेपाल, काठमाडौं ।

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा  सुख्खा पहिरोले चालकसहित स्काभेटर पुरिएको छ ।तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रघुगंगा गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय भिमबहादुर खत्री स्काभेटरसहित पहिरोमा पुरिएका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताए ।

प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदुर र स्थानीयबासी पुरिएको स्काभेटर र चालकको खोजी गरिरहेका  छन्  ।