सन् १९७१ मा पूर्वी पाकिस्तानमा भएको नरसंहारलाई अमेरिकी प्रशासनको माफी



इन्डिया न्युज नेटवर्क ।

जब हामी बंगलादेश स्थापनाको ५० औं वर्षको उत्सव मनाइरहेका थियौं, तब पूर्वी पाकिस्तान (अहिले बंगलादेश) मा पाकिस्तानी सेनाले आफ्नै नागरिकमाथि गरेको नरसंहारको सम्झना गर्दा हाम्रो मनमा गहिरो शोकको लहर छाएको थियो । तत्कालीन सेनाले तत्कालीन पूर्वी भागमा नौ महिनाको अवधिमा अनुमानित तीस लाख निहत्था मानिसको हत्या गरेका थिए ।

तापनि, असहाय जनताको स्तब्ध हत्याका लागि पाकिस्तानको कुनै निन्दा भएको छैन । त्यति मात्र होइन, बंगलादेशले न त पाकिस्तान सरकारबाट कुनै माफी पाएको छ न कुनै क्षतिपूर्ति । पाकिस्तानमा फसेका आफ्ना नागरिकहरूलाई बचाउन, पाकिस्तानमा भुट्टो र जिया–उल–हक दुवैको चतुर शासनका चतुराईहरूलाई स्वीकार गर्नुबाहेक देशसँग कुनै विकल्प थिएन ।

इस्लामावादको जियो टिभीका कार्यकारी सम्पादक र दिल्लीमा भएको सार्क लेखक सम्मेलनमा सार्क लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने हमिद मिरले २०१० मा लेखेका थिए, ‘जनरल टिक्का खानलाई अझै पनि ‘बङ्गालको कसाई’ भनेर सम्झिन्छन् । सन् १९७१ मा जनरलले पूर्वी पाकिस्तानमा सेनाको पूर्वी कमान्डको जिम्मेवारी सम्हालेका थिए र उनी पूर्वी पाकिस्तानको गभर्नरको रूपमा नियुक्त भएका थिए । उनले अवामी लिगको मुक्ति युद्ध प्रयासहरूको क्रुर बलद्वारा, नियन्त्रण गर्ने प्रयास गरेका थिए । संयुक्त राज्य अमेरिकाको समर्थनका कारण उनी पाकिस्तान सेना प्रमुख बन्न पुगे र सन् २००२ मा पूर्ण सैन्य सम्मानसहति उनको अन्त्येष्टि गरिएको थियो ।

त्यस समय राष्ट्रपति रिचर्ड निक्सन र उनका विदेश सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर संयुक्त राज्य अमेरिकामा शासन व्यवस्था सम्हालिरहेका थिए । जनरल याह्या खान, मुख्य मार्सल कानुन प्रशासक र पाकिस्तानका तानाशाह तिनका मित्र थिए । किनकी उनले चीनसँग अमेरिकी सरकारको वार्ताको ढोका खोलिरहेका थिए, त्यसकारण तत्कालीन अमेरिकी शासकले उनीविरुद्ध केही बोल्ने सकेका थिएनन् । अमेरिकी स्तम्भकार ग्यारी जे बासले आफ्नो ग्रंथ ‘द ब्लड टेलिग्राम“ मा खुलासा गरे, ‘निक्सन र किसिन्जरलाई चीनको लागि एउटा गोप्य मार्ग चाहिएको थियो, जुन उनीहरूले याह्याको मार्फत प्राप्त गरे। उनको अमेरिका र चीन दुवै सँग राम्रो सम्बन्ध थियो ।’

जब याह्या शासनले पूर्वी पाकिस्तानमा आफ्नै जनतालाई कुचलिरहेको थियो, उसले तब वाशिंगटन र बेइजिङ बीचमा सन्देश आदानप्रदान गरिरहेको थियो । यी बैठकहरूमा किसिङ्गरले चिनियाँ प्रधानमन्त्री चाउ एन–लाइलाई पाकिस्तानको रक्षा गर्न, गोप्य रूपमा भारतलाई धम्की दिन र सेना परिचालन गर्न आग्रह गरेको बताइएको छ । भारतीय सेनाहरू सक्रिय रूपमा पूर्वी पाकिस्तानमा प्रवेश गर्नुअघि नै यस्तो आग्रह गरिएको थियो । त्यो निक्सनको अमेरिका थियो, जो शीतयुद्धमा फसेको थियो र भारत सोभियत रूसको रणनीतिक सहयोगी भएको र जससँग भारतले आफ्नो सुरक्षाका लागि पारस्परिक हितको सन्धि गरेको भन्ने विश्वासमा अडिग थियो । त्यसबेला भारतका सेना प्रमुख जनरल साम मानेकशाले यो घटनाक्रमको पूर्वानुमान गरेका थिए र त्यस्ता घटनाका लागि आफ्ना सेनालाई तयार पारेका थिए ।

अमेरिकी कंग्रेसले लगाएको प्रतिबन्धका बाबजुद अमेरिकाले यसअघि नै पाकिस्तानलाई झण्डै ५ करोड डलरको सैन्य सहायता प्रदान गरिसकेको थियो । अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध फुकुवा गरेका थिए । अत्याधुनिक हतियारहरूद्वारा समर्थित लडाकु विमानहरू र आधुनिक ट्याङ्कहरू मिलेर बनेको यस हतियारलाई पाकिस्तानी सेनाले आफ्नै मानिसहरू विरुद्ध प्रयोग गरिरहेका थिए । सबैभन्दा ठूलो कुरा, इतिहासको भूलभुलैयामा के हराएको छ भने ढाकास्थित अमेरिकी वाणिज्य दूतावासले मार्च १९७१ मा आफ्नो स्थापनाकालदेखि नै यो नरसंहार देखेको थियो र कराँची र वासिंटनमा बसेर बिना कुनै डर हत्याको तथ्यपरक रिपोर्टहरू प्रस्तुत गरेको थियो । । यो प्रक्रिया ढाकास्थित अमेरिकी महावाणिज्य दूत आर्चर ब्लडको नेतृत्वमा भएको थियो ।

यी रिपोर्टहरूलाई अमेरिकी प्रशासनले जानाजानी बेवास्ता गरेको थियो । अन्ततः, अन्य अमेरिकी कर्मचारीहरू पङ्क्तिमा सामेल भए र प्रसिद्ध ‘ब्लड टेलिग्राम’ वाशिंगटनमा पठाए जसमा उनीहरूले यो विनाशलाई नरसंहारको रूपमा संज्ञा दिएका थिए । यसले अमेरिकी अधिकारीहरूमा डरलाग्दो लहर सिर्जना गरेको थियो । सत्यतथ्य घरघरमा पुर्याउने यस अभियानमा भारतका लागि अमेरिकी राजदूत केनेथ किटिंग स्व–चालित सहयोगीको रूपमा उभिए ।

उनी पनि यस प्रक्रियामा संलग्न भए र निक्सन र किसिन्जर दुवैलाई यसबारे अवगत गराए । ह्वाइट हाउसमा बस्नेहरूको व्यवहारप्रति गोप्य रहने राज्य विभागका सदस्यहरू पनि यसबाट निराश बनेका थिए । निक्सनले त झन् यसलाई याह्याको व्यक्तिगत कुरा भनेर अभिव्यक्ति दिएका थिए । दुर्भाग्यवश, संयुक्त राज्य अमेरिकामा ले यी बेइमानी कार्यहरूलाई आफ्ना मानिसहरूको ध्यानमा ल्याउन ब्लड र किटिंग दुवैले खेलेको भूमिकालाई बिर्सेको देखिन्छ ।

यसले हाम्रो धारणामा एक भयावह अनुभव दिएको छ । यस अपराधमा निक्सन र किसिङ्गर दुवै उत्तिकै संलग्न थिए जसले मानवीय कानूनको उल्लंघन गरी तानाशाह याह्या खानलाई हतियार र सबैभन्दा ठूलो नरसंहारको षड्यन्त्रको भावनामा समर्थन गरेका थिए । वाटरगेट घोटालाले अन्ततः निक्सनलाई फसाएको थियो । उनी निष्काशित भएका थिए । तर, बंगलादेशप्रति उनले गरेको व्यवहारको तुलनामा यो सजाय निकै सानो थियो ।

भारतप्रति अमेरिकाको यो चिसो र शत्रुतापूर्ण रवैया सन् १९९१ मा सोभियत संघको विघटन नहुँदासम्म रह्यो । पछि परिवर्तनसँगै दुवै देशले भारतसँग गहिरो रणनीतिक सम्बन्ध स्थापना गरेका छन् । भारतले हिन्द महासागरको चीनद्वारा प्रभावित क्षेत्रमा ‘कानुनको शासन’ ल्याउन वा सम्भवतः लागू गर्न रणनीतिक अभिमुखीकरणका साथ सिर्जना गरिएको क्वाड गठनमा जापान र अष्ट्रेलियासँग संयुक्त राज्य अमेरिकामा सामेल भएको छ । यी परिवर्तनका बावजुद भारत र अहिले सोभियत संघबाट बनेको रूस सबै मित्र नै छन् ।

प्रतिक्रिया दिनुहोस्