इन्स्योरेन्स सर्भेयर एसोसिएसनमा ढकाल निर्वाचित



ललितपुर, (नेस) ।

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को अध्यक्षमा मोहनपुरुष ढकाल निर्वाचित हुनुभएको छ । एसोसिएसनको १३औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्रविक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द निर्वाचित हुनुभएको छ । यसैगरी सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दीपक रानाभाट रहनुभएको छ ।

नवनिर्वाचित अध्याक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिबद्घ भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्