नक्कली नोटसहित दुई भारतीय पक्राउ



सर्लाही, (नेस) ।

सशस्त्र प्रहरीले सर्लाहीको सदरमुकाम मलङ्गवाबाट १ लाख १५ हजार नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको सीतामढी थाना सोनवर्षा ग्राम–६ का ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी–१ का ४८ वर्षीय प्रमोदकुमारलाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो ।

सीमा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरीले भारतको सोनवर्षाबाट नेपाल ल्याउँदै आउँदै गरेको बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकलबाट नक्कली भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरू दुबैलाई सर्लाही सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा नेपाल भारत सीमा नजिक गोरखाकालीबाट शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले मोटरसाइकलको डिक्की र सिट मुनि लुकाएर एक हजार दरका ११५ वटा नक्कली नोट ल्याउँदै गरेका थिए । प्रहरीले उनीहरूको साथबाट थप ४७ लाख ५१० भारतीय रुपियाँ समेत बरामद भएको छ । भारती रुपैयाँ सक्कली भएपनि त्यसको थप अनुसन्धानको लाग लागि नेपाल प्रहरीको जिम्मा लगाइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्