चर्चभित्र ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला



न्युज अफ नेपाल, रूपन्देही ।

बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शनिबार ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा फेला परेका हुन्।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा संचालन गरिएको चर्चमा बाबु रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको स्थानीयहरुले बताएका छन् । लगत्तै बालकलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।

घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि मात्रै थप कुरा खुल्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्