कृषि विकास बैंकले लाभांश दिने



काठमाडौं ।

कृषि विकास बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर तिर्न १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण शुरु हुने छ । गत वर्ष बैंकले १५ प्रतिशत बोनस शेयर र कर तिर्न शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्