युरोपभरि तीव्र गतिमा ओमिक्रोन फैलिंदै, सुरक्षा नीति कार्यान्वयन



पेरिस, (एजेन्सी) ।

कोरोना भाइरसको पछिल्लो विकसित स्वरूप ओमिक्रोन भेरियन्ट युरोपमा प्रकाशको गतिमा फैलिरहेको र आगामी वर्षको शुरूतिरै यसले फ्रान्समा तहल्का मच्चाउन सक्ने शनिबार फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्सले चेतावनी दिएका छन् । फ्रान्सले शुक्रबार नै बेलायतबाट आउनेहरू माथि कडा यात्रा वन्देजहरु लागु गरिसकेको छ ।

अहिलेसम्म ओमिक्रोनका धेरै घटना देखिएको युरोपेलीमुलक बेलायत हो । शुक्रबार सम्ममा झण्डै १५ हजार बेलायतीमा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य अधिकारीहरूले युरोप भरि छिटै नै ओमिक्रोन तीव्र गतिमा फैलिने चेतावनी दिइसकेका छन् । तसर्थ, जर्मनी, गणतन्त्र आयरल्यान्ड र नेडरल्यान्डका सरकारले पनि शुक्रबार देखि नै गम्भीर सतर्कता अपनाउँदै सुरक्षा सम्बन्धमा विभिन्न नीति नियमहरू कार्यान्वयनमा ल्याइसकेका छन् ।

युरोपमा यस अघि नै ८ करोड ९० लाखव्यक्ति कोरोना संक्रमित हुनुका साथै १५ लाखले यसकै कारण ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस पहिलो पटक चीनको हुवेइप्रान्तको उहानशहरमा देखापरेको थियो ।

प्रतिक्रिया दिनुहोस्