अक्सब्रिज बास्केटबलमा ४० टिम

0
Shares

काठमाडौं ।

अक्सब्रिज इन्टरनेसनल कलेजको आयोजनामा प्रथम अक्सब्रिज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए । प्लस टु तथा ब्याचलर्सतर्फ समान २०–२० टिमको सहभागिता रहने अक्सब्रिजका जर्नालिस्ट लेक्चरर मोहन भट्टराईले जानकारी दिए ।

सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । एक्सेल ग्लोबल सर्मिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा नगद पुरस्कार पनि राखिएको छ । तीनदिने प्रतियोगिताका खेलहरू महालक्ष्मीस्थानस्थित आयोजक अक्सब्रिजकै कोर्टमा हुनेछ । पत्रकार सम्मेलनमा अक्सब्रिजका प्रशासन प्रमुख विश्वासराज बाँस्तोला र प्रतियोगिता संयोजक विमल कार्कीले प्रतियोगिताको विविध पक्षबारे जानकारी गराएका थिए ।