अपडेट : पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा पाण्डेको अग्रता



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा पाण्डेले १०६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका जीवन शाहीले १०० मत पाएका छन् ।

पाण्डेले जम्मा ६ मतको अग्रता लिएका छन् । पाण्डे शेखर पक्षका हुन भने शाही देउवा समूहका हुन् । विमलेन्द्र निधि समूहका चेतराज बजालले भने ६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्