सूर्योदय फाइनलमा



काठमाडौं ।

सूर्योदय प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ । जोरपाटीको नयाँबस्तरीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विन्समलाई ६८–६१ ले पराजित गर्यो । सूर्योदयका रोहित दर्लामीले ३० अंक जोडे ।

उपाधिका लागि सूर्योदयले नामीसँग खेल्ने छ । रामेछाप जिल्ला बास्केटबलद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा नामीले लिम्पियालाई ५१–४२ ले हरायो । नामीका जिक्मेले १८ स्कोर गरे । फाइनल शुक्रबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्