‘पश्चिम एसिया र अन्य देशका परियोजनाहरूमा भारत, इजरायल, युएई र अमेरिकाले सहकार्य गर्ने


इन्डिया न्युज नेटवर्क । 

पश्चिम एसिया र चार देशका परियोजनाहरूमा भारत, इजरायल, युएई र अमेरिकाले सहकार्य गर्ने बताएका छन् । विश्वव्यापी हितका निम्ति यी चार मुलुकले प्रविधि, सीप, वित्त र परियोजना कार्यान्वयनमा तालमेल बढाउने र सहकार्य गर्ने भारतीय परराष्ट्र सचिव हर्ष वर्धन श्रृंगलाले बताएका छन् ।

सोमबार दुबईमा आयोजित भारत ग्लोबल फोरम २०२१ मा बोल्दै उनले भनेका छन्:‘साझेदारीका नयाँ र उदीयमान क्षेत्रहरू छन् जसले २१ औं शताब्दीको भारत–युएई सम्बन्धलाई बलियो बनाउन सक्छ । नयाँ व्यवसाय र प्रविधिले नयाँ क्षेत्र प्रदान गरेका छन् जहाँ संयुक्त अरब इमिरेटस (युएई) ले भारतीय क्षमता र बजारमा लगानी गर्न सक्दछन् ।’‘यस भावनाले भारत, इजरायल, युएई र संयुक्त राज्य अमेरिका बीचको नयाँ साझेदारीलाई निहित गर्दछ । हामी प्रविधि, सीप, वित्त, र परियोजना कार्यान्वयन क्षमताहरूमा समन्वय र पूरकता प्रदान गर्न चाहन्छौं जसले विश्वव्यापी हितलाई बढावा दिनेछ ।

हामीले विकास गरेका नमुना विश्वका अन्य क्षेत्रहरूमा हाम्रो उपस्थिति बढाउन प्रयोग गर्न सकिन्छ ।’ परराष्ट्र सचिवले थपेका छन् ।
सहकार्यका लागि ऊर्जा, खाद्य, पानी, स्वास्थ्य, यातायात र अन्तरिक्ष क्षेत्र पहिचान गरिएको उल्लेख गर्दै उनले उद्योगसँग परामर्श गर्दा ४ वटा विशेष आयोजना पहिचान भएको र सन् २०२२ को मार्च महिनामा दुबईमा हुने परराष्ट्रमन्त्रीहरुको बैठकमा टुंगो लगाइने जानकारी दिएका छन् ।यसका साथै उनले सेमीकन्डक्टर, हरित हाइड्रोजन, खाद्य सुरक्षा, र ५ जी जस्ता अन्य क्षेत्रको पनि पहिचान गरिएको जानकारी दिएका छन् । विदेश सचिवका अनुसार यस सम्बन्धको सबैभन्दा प्रमुख स्रोत युएईमा बस्ने ३५ लाख भारतीय हुन् । यस समूहले विदेशमा बसोबास गरेका सबैभन्दा ठूलो भारतीय समुदायको प्रतिनिधित्व गर्ने उनले जानकारी दिएका छन् ।

स्वास्थ्य सेवा र सूचना प्रविधि प्रमुख आर्थिक संवाहकका रूपमा उदाएको बताउँदै श्रृंगलाले स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोगले दुवैलाई परिवर्तन गर्ने बताएका छन् ।उनले भनेका छन् – ‘महामारीपछि भारत विश्वमा स्वास्थ्य सेवाको प्रमुख आपूर्तिकर्ताको रूपमा उभिएको छ । अझ महत्त्वपूर्ण कुरा, अहिले लचिलो र भरपर्दो आपूर्ति शृङ्खलाहरू खोजिरहेको संसारमा, भारतले व्यवहारिक रूपमा कार्य गरेर देखाएको छ ।’महामारीको सबैभन्दा खराब परिस्थितिमा पनि, भारतले विश्वव्यापी नागरिकको रूपमा आफ्ना प्रतिबद्धताहरू पूरा गर्न सक्दो प्रयास गरेको थियो र सबैको फाइदाको लागि खोप र महत्वपूर्ण औषधि उत्पादनहरू निर्यात गरेको थियो ।

एनले भनेका छन्, ‘आईटीमा भारतको शक्तिबारे सबैलाई जानकारी रहेको छ । भारत बौद्धिक सम्पत्तिको स्रोत भएको छ । भारतमा सबैभन्दा छिटो दरमा नँया व्यापार व्यवसाय बढिरहेको छ ।’आधार, वा कोविन एप, वा प्रत्यक्ष लाभ स्थानान्तरण योजनाहरू, वा डिजिटल भुक्तानी इन्टरफेसहरू, वा फिनटेक समाधानहरू, यी मार्फत भारतले विचार र समाधान उत्पन्न गरेको छ । लाखौं मानिसको जनजीवन सुधार्न भारतले प्रविधि र आईटीको प्रयोग गरिरहने छ ।

दूरदर्शी नेतृत्वको निर्देशनमा यस्ता आर्थिक लाभ उत्पन्न भइरहेको छ । यसले आगामी वर्षहरूमा एक सद्गुण चक्र उत्पन्न गर्नेछ ।
महामारीले उत्पन्न गरेको मन्दीबाट प्रभावित भारतीय अर्थतन्त्र उकालो लाग्दैछ । यो विस्तारै आफ्नो मार्गमा फर्किरहेको छ ।
आर्थिक सर्वेक्षण २०२०–२१ ले पनि आर्थिक सुधार भइरहेको देखाएको छ । आरबीआईका अनुसार, यस वर्षको पहिलो त्रैमासिकमा भारतीय जीडीपी २० प्रतिशतले बढेको छ ।

आईएमएफले यस वर्षको लागि ९ दशमलव ५ प्रतिशत वृद्धि दर प्रक्षेपण गरेको छ । २०२१ आर्थिक वर्ष मा कुल ८१ दशमलव ७२ अर्व अमेरिकी डलर बराबरको एफडीआई प्रवाह भित्रिएको थियो । जुन अहिलेसम्मकै उच्च हो । व्यापार आंकडा आशाजनक छ ।सन् २०२१–२२ का लागि भारतले ४ सय अर्ब अमेरिकी डलर निर्यातको महत्वाकांक्षी लक्ष्य राखेको बताएका छन् । व्यापार सम्झौता वृद्धि गर्न निकै प्रयास गरिएको छ । अहिले युएईलगायत धेरै देशहरूसँग व्यापार सम्झौताहरू भइरहेका छन् । हाल बेलायत, ईयू, इजरायल र अन्य धेरै देशहरूसँग बहुपक्षीय ढाँचामा वार्ता भइरहेको छ ।’