पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति नभएको बताएका छन् । उनले एक प्रेस वक्तव्य जारी गर्दै ओलीलाई उक्त आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।

‘म के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’, प्रचण्डले भनेका छन् – ‘माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’