काठमाडौं महानगरपालिकाका पाँच जना कर्मचारीविरुद्ध अख्तियारमा मुद्धा



काठमाडौ (नेस) ।

बिद्युतीय बोलपत्र आह्वान गर्दा बदनियत गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौ महानगरपालिकाका पाँच जना वरिष्ठ कर्मचारी बिरुद्ध अख्तियारमा मुद्धा दायर गरेको छ ।

काठमाडौ महानगरपालिकाले टेकुमा निर्माण गर्न लागेको महानगरपालिकाको भवन निर्माणकालागि टेन्डर आह्वान गर्दा बिद्युतीय माध्यमबाट आएका बोलपत्रको मुल्याङकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण ब्यवसायी छनौट गरेको भन्दै आयोगले काठमाडौ महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाइ प्रमुख उपनिर्देशक बखदबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकी बिरुद्ध बिषेश अदालतमा मुद्धा दायर गरेको आयोगले जनाएको छ ।
उनीहरु बिरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९को दफा ९ बमोजिम कारवाहीको माग गर्दै अदालतमा मुद्धा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्