सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह प्रदान



????????????????????????????????????

काठमाडौं ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती ११ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा मंसिर २९ गते आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

सोही विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बिशेष बढुवा हुनुभएका १ जना अधिकृतलाई समेत सशस्त्र प्रहरी उपरीक्षक पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

नेपाल सरकार गृहमन्त्रालय माननीय गृहमन्त्रिस्तरको यही मंसिर १३ गतेको निर्णयले ११ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो भने नेपाल सरकार गृहसचिवस्तरको यही मंसिर १९ गतेको निर्णयले १ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै उहाँहरुले राज्य र संगठनलाई पु-याएको योगदानकोसाथै कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गर्नुभयो ।उहाँले बढुवा हुनुभएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित रुपमा कृयाशिल रहन निर्देशन दिनुभयो ।

 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्नुहुँदै राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संस्कारमा रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिनुभयो ।समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के।सी। र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्