थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप २८० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१२ जनाको पीसीआर परीक्षणमा २५२ र २ हजार ७८२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालका अनुसार पीसीआर परीक्षणबाट २५२ र एन्टिजेन परीक्षणबाट २८ जनामा संक्रमण देखिएको थियो।  त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय संक्रमित कोरोनामुक्त भएका छन् भने थप ६ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ५ हजार ६३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्