रमेश सिलवाललाई पदमा फर्कन सर्वोच्चको अन्तरिम आदेश



न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । उनलाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

राखेपमा प्रतिस्पर्धाको माध्यमबाट नयाँ सदस्य सचिव नियुक्त भइसकेको अवस्थामा आएको अदालतको आदेशले सरकारी निर्णय संकटमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्