सेयर कारोबारीले चन्दा दिएन हाेला, प्रचण्डले ध्वस्त पारिदिए : अध्यक्ष ओली



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयरबजारबारे प्रचण्डले गरेको टिप्पणीको खण्डन गरेका छन् । लितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच केन्द्रीय सदस्यहरुले सपथ गराउने कार्यक्रममा बोल्दै ओलीले लेनिनभन्दा पनि दाहाल जान्ने भएको टिप्पणी गरे ।

‘प्रचण्डले बडो क्रान्तिकारी, साम्राज्यवादको विकसित रुप सेयर बजार भनेछन्, लेनिनलेभन्दा पनि बढ्तै जान्ने भएछन्’ ओलीले भने ‘लेनिनले पुँजीवाद विकसित हुँदा साम्राज्यवाद हुन्छ भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवादको विकसित रुप सेयर बजार भनेर नयाँ थेसिस ठोकिदिए, दुई दिनमै सेयर बजार धरासयी ।’

जनताको जीवनस्तरमा कस्तो असर गर्छ भन्ने विषयलाई कुनै मतलव नगरी दाहालले अभिव्यक्ति दिएको उनले बताए । जनताको आर्थिक स्थिति र अर्थतन्त्रबारे दाहाललाई कुनै मतलब नभएको ओलीले आरोप लगाए ।

सेयर कारोबारीले चन्दा नदिएको झोंकमा बजारलाई ध्वस्त पारिदिन खोजिएको उनको आरोप छ । दाहाललाई लक्षित गर्दै ओलीले भने ‘कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि, ए चन्दा नदिने ध्वस्त बनाइदिन्छु, नरहे बाँस नबजे बाँसुरी भनेजस्तो ।’ यदी आफूहरुले त्यस्तो अभिव्यक्ति दिएको भए सडक तात्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्