अध्यक्ष प्रचण्डद्वारा सभापति देउवालाई बधाइ



काठमाडौं ।

नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।

उहाँले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्