तुलसीपुर महोत्सव हुनु अघि सरसफाई



तुलसीपुर ।

तुलसीपुर महोत्सव २०७८ मूल आयोजक समिति तथा तुलसीपुर चेम्बर अफ कमर्सले तुलसीपुर बजार सरसफाइ गरेको छ । ऐतिहासिक प्रथम महोत्सवको पूर्व सन्ध्यामा तुलसीपुर बजार सरसफाइ गरिएको तुलसीपुर महोत्सवका सञ्चार संयोजक उपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।  तुलसीपुरको बस पार्कबाट सुरु भएको सरसफाइ अभियान तुलसीपुर महोत्सव स्थलमा पुगेर समापन गरिएको थियो ।

सरसफाइ अभियान टोलिले बस पार्कको आपसका क्षेत्र, वीरेन्द्र चोक, विद्युत् रोड हुँदै महोत्सव स्थलसम्म तीन ट्याक्टर फोहर सङ्कलन गरेर व्यवस्थापन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक टोप बहादुर घर्तीले जानकारी दिनुभयो ।

 

सर सपाइका क्रममा सडेगलेका फलफूलका बोक्रा, पलाष्टिक, चाउचाउ, गुट्का, बिस्कुट, लगाएतका खोल  अन्य फोहरजन्य वस्तुहरू सङ्कलन गरिएको थियो । सरसफाई अभियानमा तुलसीपुर उपमहानगरपालिका, जनपथ प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, ब्रेफ गोर्खाका ग्रुप र तुलसीपुर चेम्बरका पदाधिकारी लगाएको सहभागिता रहेको चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले जानकारी दिनुभयो ।

उद्योग, व्यापार, कृषि तथा पर्यटनको परिवर्द्धन र विकास गर्ने उद्देश्यले पुष १ गतेदेखि १२ गतेसम्म ऐतिहासिक प्रथम तुलसीपुर महोत्सव सुरु हुँदै छ । पाँच करोड आर्थिक कारोबार गर्ने तथा ३ लाख दर्शकले मेलाको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सव  तुलसीपुरको घोराही रोडको उत्तर तर्फ खाली चौरमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्